पोखरामा अवैध ६ केजी सुन, ६२ लाख नगदसहित भारतीय नागरिक प्रकाउ
पाेखरा | फागुन १, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट अवैध सुनचाँदी,नगदसहित भारतीय नागरिकलाई प्रकाउ गरेको छ । पोखराबाट प्रहरीले आज (मंगलबार) भारतीय नागरिक सुरजित भौमिकलाई अवैध सुनचाँदी र नगदसहित प्रकाउ गरेको हो ।

प्रहरीले भारतको पश्चिम बंगाल घर भएका ४० वर्षीय भौमिकलाई अवैध सुनका गरगहना ५ केजी २ सय ग्राम, काँचो सुन ९ सय ९९ ग्राम एक ढिका (विस्कुट) र ५० ग्रामको १ ढिका(विस्कुट) , , ६ किलो चाँदी र ६२ लाख ८१ हजार नगद, विभिन्न बैंकहरुको चेक १३ थान, आधार कार्ड १ थान, मोवाईल १ थान, डायरी १ थानसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

अवैध सुनचाँदी र नगदसहित प्रकाउ परेका भारतीय नागरिक भौमिकलाई भोलि (बुधबार) थप अनुसन्धानका लागि राजस्व विभाग ललितपुर पठाइने कास्की प्रहरीले जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

